Home / आर्थिक / नेपालमा भ्रष्टाचार मौलाउँदो, विश्वको १२२औँ स्थानमा

नेपालमा भ्रष्टाचार मौलाउँदो, विश्वको १२२औँ स्थानमा

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआइद्वारा सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा गत वर्षका तुलनामा नौ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२औँ स्थानमा परेको जनाइएको छ । राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायत छ मापदण्डका आधारमा देशलाई शून्यदेखि १०० सम्म अंक दिइएको थियो । शून्य अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक प्राप्त गरेमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याउने आधार थियो ।
तथ्यांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा ८९ अंक प्राप्त गरी पहिलो नंमा न्यूजिल्याण्ड र ८८ अंक प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा छन् भने सोमालिया नौ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा छ । दक्षिण एशियाका देशमध्ये अफगानिस्तान अन्तिमबाट चौथो स्थानमा अर्थात् १५ अंक प्राप्त गरी १७७ औँ स्थानमा रहनाका साथै बंगलादेश १४६औँ, पाकिस्तान १२३औँ, माल्दिभ्स ११८औँ, श्रीलंका ९७औँ, भारत ८५औँ र भुटान २९औँ स्थानमा छन् । तथ्यांकअनुसार चीन ७७ औँ स्थानमा परेको छ । नेपालमा सुशासनको अभावले भ्रष्टाचार दिनानुदिन बढ्दो छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

श्रमजीवीको भविष्य सुरक्षित गर्र्दै सरकार, कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका …