Home / भिडियो / मिस्टर भर्जिन’ को ‘टुल्की’ भिडियो

मिस्टर भर्जिन’ को ‘टुल्की’ भिडियो

काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण युनिटले आइतवार राजधानीमा एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ । ‘टुल्की’ लाई नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने देउडा फ्लेवरमा तयार पारिएको छ । भिडियोमा गौरव पहारी, स्मृती पोखरेल, श्रद्धा प्रसाईँ, विजय बराल, कमलमणी नेपाललगायतका कलाकारहरु रहेका छन् । एक करोड लागतमा निर्माण भएको भनिएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ । फिल्ममा मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । ‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ ।

प्रतिकृया दिनुहोस

Check Also

तिम्रो हाम्रो मायामा बियर परेछ…….

काठमाडौं । चलचित्र ‘वीराङ्गना’ को एउटा फास्ट गीत सार्वजनिक भएको छ । असार २९ गतेलाई …