बर्दियामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संगठन विस्तार

राष्ट्रियताको सवालमा पछि नहट्ने प्रतिबद्धता

0 328

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ९ ,खैरेनीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संगठन विस्तार गरेको छ ।

आज बम बहादुर शाहीको अध्यक्षतामा ७ सदस्यीय इकाई कमिटी निर्माण भएको हो ।

यस संगठनले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको सवालमा जस्तो सुकै मुल्य चुकाउन परे पनि पछि नहट्ने प्रतिबद्धता जनाएको छ ।

उक्त कमिटीमा सदस्य भिम बहादुर राजी,अरुण राजी,दुर्गा राजी,टेक बहादुर दर्लामी मगर,जनक बहादुर शाही र छत्र राज आचार्य रहेका छन ।

You might also like
Loading...