बर्दियामा राजी समुदायको कष्टकर बसोबासः स्थानीय सरकारको दुई करोड कता गयो ?

0 356

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. १० मा लोपोन्मुख राजी समुदाय एकै घरमा दुई परिवार बस्न बाध्य भएका छन । विपन्न राजी समुदाय निकै कष्टकर रुपमा उक्त आवसमा बसोबास गरिरहेका त्यहाँका स्थानीय बताउँछन ।

स्थानीय सरकारले करिब दुई करोडको लगानी गरि बाह्र घर निर्माण गरे पनि उक्त घरमा अहिले २२ परिवार बस्दै आएका छन । स्थानीय सरकारले नमूना बस्ती भन्दै सस्तो लोक प्रियता लिई रहेको र आफुहरुले कष्टकर रुपमा जीवन चलाई रहेको राजीसमुदायको गुनासो रहेको छ ।

उनीहरु बताउँछन अब मुलुकमा वैकल्पिक शक्क्तिको रुपमा एक राजनीति पार्टीको आवश्यकता रहेको र त्यसको नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले दिन सक्ने आम जनताले अपेक्षा गरेका छन ।

त्यसै गरी आज उक्त समुदाय एक कार्यक्रमका बीच नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको जिल्ला सचिव विपिनले जनपथ खबरलाई बताएका छन ।

You might also like
Loading...