अलविदा कमरेड मल्ल:नेकपा (क्रान्तिकारी माओवादी)द्वारा श्रद्धाञ्जली अर्पण

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति

0 723

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)का राजापुर नगर समितिका पार्टी सदस्य कमरेड पूर्ण बहादुर मल्लको हिजो दुःखद निधन भएको छ ।

आज कमरेड मल्लको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सचिव कमरेड विपिनको संचालनमा कर्णाली घाटमा श्रद्धाञ्जली कार्यक्रम गरियो ।

सो कार्यक्रममा  नेकपा क्रान्तिकारी माआेवादी पार्टीका पिविएम संकुलले श्रद्धाञ्जली मन्तव्य राख्दै हार्दिक श्रद्धाञ्जली अर्पण र उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ।

साधा जीवन, उच्च विचार तथा क्रान्तिकारी आशावादका धनी एकजना योद्धाको निधनले पार्टी र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुग्न गएको संकुलले बताउनुभयो ।

नेपाली कम्युनिस्ट आन्दोलनका एकजना इमान्दार बौद्धिक व्यक्तित्व, नेकपा क्रान्तिकारी माआेवादी बर्दियाको राजापुर नगर समिति पार्टी सदस्य मल्ल साविकको धौलागिरी अञ्चल बाग्लुङ जिल्लाको महम गाविस वडा नंं. ५ मा बुबा दल बहादुर मल्ल र आमा उज्जलि मल्लका माइला पुत्रका रूपमा बि.स.१९९६ सालमा जन्मिनु भएको थियो ।उहाँका दुई भाई छोरा र चार बहिनी छोरीहरू हुनुहुन्छ ।

उहाँ नेकपा क्रान्तिकारी माआेवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य खड्क बहादुर मल्लका माइला दाजु हुनुहुन्थ्यो । उहाँले २०२२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएको थियोे ।

सामाजिक व्यवस्था रुपान्तरणको राजनीतिक आन्दोलनका कामलाई अगाडि बढाउने एकजना क्रान्तिकारी व्यक्तित्व हुनु हुन्थ्यो । पार्टीका सबै विचार सङ्घर्षहरुमा उहाँ जीवनभर क्रान्तिको पक्षमा अविचलित लाग्नु भएको  थियो ।

You might also like
Loading...