राष्ट्रिय स्वाधीनताको रक्षा र अतिक्रमित भुभाग फिर्ता ल्याउन  धुर्वीकरण तिव्र

देजमोका संगठनहरु विस्तार

0 322

बर्दिया । राष्ट्रिय स्वाधीनताको रक्षा र अतिक्रमित भुभाग फिर्ता ल्याउन धुर्वीकरण तिव्र रुपमा भइरहेको छ । भारतीय शासक वर्गले नेपाली भूभागमा निरन्तर अतिक्रमण गर्दै आएको छ।

यस्ता सीमा अतिक्रमण रोक्न र सामाजिक व्यवस्था रुपान्तरण गर्न देशभक्त नागरिक सबै एकै ठाउँमा हुनुपर्ने निष्कर्ष सहित बारबर्दिया नगरपालिका वडा नं.९ का विभिन्न पार्टीका,संगठनका र स्वतन्त्र युवाहरु शुक्रबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमा संगठित भएका हुन ।

यसरी देजमो नेपालमा संयोजकमा तिर्थराम थारु र सदस्य गोपाल बुढा ,गोविन्द बुढाथोकी ,विरबल राना ,मंगल बुढाथोकी ,दिल्ली बिष्ट ,शेर बहादुर बुढा ,भद्र बहादुर बिष्ट ,नैन बहादुर बुढाथोकी ,सर्वे बिष्ट ,जनक बहादुर बिष्ट संगठित हुनु भएको छ ।

उक्त ११ सदस्यीय टोल स्तरीय कमिटीलाई नेकपा क्रान्तिकारी माअोवादी पार्टीका पिविएम तथा बाँके र बर्दिया इन्चार्ज संकुलले प्रशिक्षण दिदै सबै शिक्षित युवालाई संघिय जनगणतन्त्र नेपालको स्थापना गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमा संगठित हुन आवान गर्नु भएको छ ।

You might also like
Loading...