सरकारको राष्ट्रघाती र जनघाती कदमका बिरुद्ध धनगढीमा विशाल प्रदर्शन हुदै

0 285

कैलाली । केन्द्रमा सरकारको राष्ट्रघाती र जनघाती कदम बिरुद्ध बनेको २२ राजनीतिक संगठनको कार्यगत एकताको सुदुरपश्चिम प्रदेशको बैठकले मंसिर ७ गते कैलालीकाे धनगढीमा विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।

२०७७ मंसिर ३ गते अत्तरियामा नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सचिब  राम बहादुर महराको अध्यक्षतामा बसेकाे बैठकले लिइएका निर्णयहरु एक वक्तव्यमार्फत सार्वजनिक गरिएकाे छ ।

२२ राजनीतिक संगठनकाे तर्फबाट क्रान्तिकारी माओवादीका प्रदेश सचिव रामबहादुर महराले जारी गरेकाे वक्तव्यमा २२ राजनीतिक संगठनकाे कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार मंसिर ७ मा यस प्रदेश अन्तर्गत कैलालीको धनगढीमा केन्द्रीकृत कार्यक्रम  बिरोध प्रदर्शन गर्ने जनाइएको छ।

साथै त्यसलाई प्रभावकारी बनाउन माधब बिष्ट, जगत जोशी, कैलाश जैशी, मोहनदेव मिश्र, रामचन्द्र भट्ट रहेको ५ सदस्यीय ब्यबस्थापन कमिटी निर्माण गरिएको वक्तव्यमा उल्लेख गरिएकाे छ ।

बैठकले प्रदेश अन्तर्गत नयाँ नेपाल पार्टीलाई संघर्षको मोर्चामा सहभागी गराउने र कार्यगत एकतामा पनि सहभागिताका केन्द्रमा सिफारिस गर्ने निर्णय गरेकाे छ ।

बैठकले प्रदेश अन्तर्गतका दार्चुला, बैतडी, बाझाङ, डडेल्धुरा, डोटी  जिल्लामा  मंसिर ७ गते नै जिल्लास्तरीय संघर्षको कार्यक्रम गर्ने र राष्ट्रियता र जनजीविका सम्बन्धि संघर्षको कार्यक्रम सफल गर्न न्यायप्रेमी जनसमुदायमा अपिल गर्ने निर्णय गरेकाे वक्तव्यमा जनाइएकाे छ ।

You might also like
Loading...