बिष्णु रनपालको रहस्यमय मृत्युु: के पाउलान त पिडितले न्याय ?

दोषीमाथि कडा कारबाहीको माग

0 666

बर्दिया । पछिल्लो समयमा नेपाली समाज निकै अराजक हुदै गएको आभाष भइरहेको छ। त्यसैको जलन्त उदाहरण बबईमा भएको घटना हो । संस्कृतिको नाममा दिन प्रति दिन विकृति फैलिदै आएको छ।

दशै तिहार जस्ता चार्डवाडमा रमाइलो गर्न भनी बनभोज जाने चलन पहिलेदेखि नै चलिआएको हो । यसले पछिल्लो समय विकृतिको रुप लिएको छ ।

त्यसैगरी बनभोज खान भनी विभिन्न ठाउँदेखि छुट्टाछुट्टै समुहमा यहीँ मंसिर तीन गते बबई नदीको छेउ छेउमा आएका मानिसहरूबीच वादविवाद हुदाँ झडप भई एक जनाको मृत्यु समेत भएको छ ।

बारबर्दिया नगरपालिका वडा नं. तीन खुरखुरेका बिष्णु रनपालको शव बबई नदीमा मंसिर ०४ गते फेला परेको हो, शरीर भरी निलडाम,टाउकोमा गहिरो चोटहरू भएकोले हत्या नै भएको आफन्तको दाबी छ।

यस घटनासंग जोडिएका केही व्यक्तिलाई अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखेता पनि अन्य मानिसलाई भने प्रहरीले समातेको छैन ।

अझै उक्त घटनाका क्रममा घाइते भएकाहरू छटपटाइरहेका र अौषधी उपचार नपाएको पिडित पक्षको भनाइ रहेको छ।यस घटनाले मृतक र घाइतेका आफन्तमात्र होइन, पूरा बर्दिया शोकमा रहेको छ ।

न्याय पाउनेमा मृतकका आफन्तहरु विश्वस्त देखिँदैनन् । यो घटना दोहोरो झडपबाट नभएको आफन्तको भनाइ छ। यो घटना योजनाबद्व ढंगले भएको हुन सक्ने संका गरिएको छ। रहस्यमय घटना भएकोले यसको सुक्ष्म अध्यन गरि दोषीमाथि कडा कारबाहीको माग गरेका छन ।

राजनैतिक संरक्षण र दबाबमा अनुसन्धान प्रभावित हुन जान्छ भने संघर्ष समिति मार्फत जिल्लामा धर्ना दिने पिडित पक्षले चेतावनी दिएको छ ।

मृतकले विगत चार बर्षदेखि नेपाल आर्मीमा जागिर गर्दै आएका थिए । अहिले उनी २६ बर्षका थिए ।

उनले विवाह गरेको करिब दुई बर्ष मात्र भएको र एउटा सन्तान (छोरी ) छ । श्रीमतीसंग कुरा नमिल्दा केही समयदेखि डिभोर्स गर्न खोजिरहेको पारिवारिक स्रोतले बताएको छ ।

You might also like
Loading...