सुकुम्बासीका समस्या समाधानका लागि क्रान्तिकारी भूमि सुधार मात्र उपयुक्त विकल्प: संकुल

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको एघार सदस्यीय समिति गठन

0 313

बर्दिया । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. २ संगम बस्तीमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ र पार्टीको सेल कमिटी गठन गरिएको छ ।

नेकपा क्रान्तिकारी माओवादी पाटी्र्रले भुमिहीन तथा सुकुम्बासीहरुसंग मंसिर चौध गते छलफल तथा अन्र्तक्रिया कार्यक्रम राखेको थियो । सो कार्यक्रम उक्त पार्टीका जिल्ला सचिव विपिनले संचालन गर्नु भएको थियो । उनीहरुसंगको छलफल तथा अन्र्तक्रिया पश्चात उक्त कमिटि गठन गरिएको हो ।

सुकुम्बासीहरुलाई प्रशिक्षण दिदै नेकपा क्रान्तिकारी माओवादी पाटी्र्रका पिविएम तथा बाँके बर्दिया इन्चार्ज संकुलले भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानका लागि क्रान्तिकारी भूमि सुधार मात्र एउटा उपयुक्त विकल्प रहेको र साथै नयाँ जनवादी क्रान्ति सम्पन्न नगरेसम्म दिर्घकालिन रुपमा यसको समाधान गर्न नसकिने बताउनु भएको छ ।

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको एघार सदस्यीय कमिटीमा संयोजक देवीसरा, सदस्यहरु घोगीसरा, गोरी बि.क., डम्बर कसेरा, चित्र बहादुर मियाल, खगेन्द्र सुनार ,प्रेम शाही, धन बहादुर नेपाली , भक्त बहादुर गुरुङ, टिके कामी,बखत बिक. रहनु भएको छ । त्यसैगरी पार्टीको तीन सदस्यीय सेल कमिटीमा सेल सचिव सञ्जय र सदस्यहरु बिशाल, दिपक रहनु भएको छ ।

You might also like
Loading...