सरकार जनताको मौलिक अधिकार माथि दमन गर्दैछ: सीपी गजुरेल
निर्णय फिर्ता लिन देजमोको जोडदार माग
बर्दिया । कोरोना महामारीलाई बहाना बनाएर सडक संघर्ष गर्न पाउने जनताको मौलिक अधिकार माथि नियन्त्रण गर्ने सरकारको निर्णयप्रति देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेलले विरोध गर्नु भएको छ ।
आज अध्यक्ष गजुरेलले एक प्रेस वक्तव्य प्रकाशित गरि सरकारको उक्त निर्णयको विरोध गर्नु भएको हो ।
ओली नेतृत्वको सरकारले कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेर आलोचित र बदनाम भैई सकेको उत्त वक्तव्यमा भनिएको छ ।
निकम्मा सरकारले गरेको निर्णयप्रति कडा शव्दमा विरोध गर्दैैं त्यसलाई फिर्ता लिन देजमोले जोडदार माग गरेको छ ।
यदि सो निर्णयलाई राज्यले फिर्ता नलगे कोभिड–१९ का मापदण्ड माथि समेत ध्यान दिँदै थप सडक संघर्षमा उत्रिन जनसमुदायलाई समेत आह्वान गर्ने भनिएको छ ।