नेकपा(क्रान्तिकारी माअोवादी) गुल्मी जिल्ला समितिको बैठक सम्पन्न
गुल्मी । नेकपा(क्रान्तिकारी माअोवादी) गुल्मी जिल्ला समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक जिल्ला सचिव क.अविरलको अध्यक्षतामा शुक्रबार बसेको हो ।
सो बैठकमा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेशका सचिव क. संकुलको प्रमुख अतिथ्यता र पार्टीका केन्द्रीय सदस्य तथा गुल्मी – पाल्पा जिल्लाका इन्चार्ज क. गर्जनको अतिथ्यता रहेको थियो ।
प्रदेश सचिव एवम् बैठकका प्रमुख अतिथि क. संकुलले माथिल्लो कमिटीका निर्णयहरुको भाव संप्रेषण गर्नु भएको थियो । मुलुकको वर्तमान राजनीति अवस्था र यस्तो परिस्थितिमा आफ्नो पार्टीले चाल्नुपर्ने कदमबारे प्रष्ट पार्नु भयो ।