कालिकोटमा दर्जनौं नेता-कार्यकर्ता नेकपा(क्रान्तिकारी माओवादी)मा धुर्वीकृत

सहिदका अधुरा सपना पुरा गर्नेमा जोड

0 229

कालिकोट । कालिकोट जिल्लाको पचाल झरना गाउँ पालिका वार्ड नं. ५ मा डव्वल नेकपा र विप्लव नेकपाबाट विद्रोह गरी दर्जनौं नेता-कार्यकर्ता नेकपा(क्रान्तिकारी माओवादी)पार्टीमा प्रवेश गरेका छन ।

उक्त कार्यक्रम नेकपा(क्रान्तिकारी माओवादी)कालीकोट जिल्ला सेक्रेटरी क.कणबहादुर वि.सी र क्रान्तिकारी युवा लिगका महासचिव क. भुकम्पको प्रमुख उपस्थितिमा सम्पन्न गरिएको थियो । सो कार्यक्रम बिहीबार भएको थियो ।

कायक्रममा उहाँहरुले नव प्रवेशीहरुको स्वागत गर्दै नेपाली जनवादी क्रान्तिलाई पूर्णतातर्फ अगाडि बढाउन जे जस्तो त्याग र बलिदानका लागि नेकपा(क्रान्तिकारी माओवादी) तयार भएको जानकारी गराउनु भएको थियो ।

कालिकोट जिल्लाका क्रान्तिकारीहरु भ्रमवस जो अन्य पार्टीमा काम गरीरहेका छन, उनीहरु अब क्रमसः क्रान्तिकारी धारमा समावेश हुने कालीकोट जिल्लमा धुवीकरण दिनानुदिन चलिरहेको छ।

You might also like
Loading...