नेकपा(क्रान्तिकारी माअोवादी) बर्दिया जिल्ला समितिको बैठक सम्पन्न

सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रने निर्णय

0 392

बर्दिया । नेकपा(क्रान्तिकारी माअोवादी) बर्दिया जिल्ला समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक जिल्ला सचिव क.विपिनको अध्यक्षतामा शुक्रबार बसेको हो ।

सो बैठकमा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेशका सचिव क. संकुलको प्रमुख अतिथ्यता र पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया – बाँके जिल्लाका इन्चार्ज क. अर्जुनको अतिथ्यता रहेको थियो ।

प्रदेश सचिव एवम् बैठकका प्रमुख अतिथि क. संकुलले उपल्लो कमिटीका निर्णयहरुको भाव संप्रेषण गर्नु भएको थियो । मुलुकको वर्तमान राजनीति अवस्था र यस्तो परिस्थितिमा आफ्नो पार्टीले चाल्नुपर्ने कदमबारे प्रष्ट पार्नु भयो ।                                                                                   वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रने निर्णय गरियो ।

You might also like
Loading...