विद्रोही नेकपा (विप्लव ) पार्टीले नेता तथा कार्यकर्ता पक्राउ विरुद्ध  नेपाल बन्दको घोषणा

0 332

काठमाडौं । सरकारले पछिल्लो समय फरक राजनैतिक आस्थाकै कारण विद्रोही नेकपा (विप्लव )का नेता तथा कार्यकर्ता गिरफ्तार गरिरहेको छ । गत पुस २९ गते नेकपाका केन्द्रीय समिति सचिवालय सदस्य ध्रवेन्द्र वास्तोला (कन्चन)लाई यस कठपुतली सरकारले पक्राउ गरेको छ ।

विद्रोही नेकपा (विप्लव ) पार्टीले नेताको पक्राउ विरुद्ध  नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस वक्तव्य जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् ।

उक्त विज्ञप्तिमा माघ ३ देखि चरणबद्ध रुपमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

सरकारले क्रान्तिकारी शक्तिमाथि दमन गर्नु भनेको उत्पीडित जनतामाथिको शोषण भएको बताउँदै सो विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’ प्रेस वक्तव्य पुर्णपाठ:-

You might also like
Loading...