बर्दियामा सडक दुर्घटनाले तीव्रता लियो: मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

सवारी चालक प्रहरी नियन्त्रणमा

0 1,314

भिम प्रसाद जैसि,बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.५ मा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लगि जिल्ला प्रहरी कार्यालय गुलरियामा राखिएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भुरिगाउँ देखि गुलरिया जाने राजमार्गमा पर्ने बनबिरपुर गाउँमा से २ प १३२१ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिदा घटना घटेको हो । मोटरसाइकल तीव्र गतिमा भएको कारण उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

शनिबार ठाकुरबाबा नगरपालिका वडा नं. ५ बनबिरपुरकी अन्दाजी ५० बर्षकी सर्जु थारुको श्रीमती उर्जनी थारुको बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिदा मृत्यु भएको छ।सो दुर्घटना दिउँसो ३:३० बजेतिर घटेको हो ।

पछिल्लो समय बर्दियामा सडक दुर्घटना बढिरहेका छन । साथै यो घटना त एउटा प्रतिनिधि मुलक घटना मात्र हो । यस्ता प्रकृतिका घटना दोहोरिनुमा सम्बन्धित निकायको समेत कम्जोरी रहेको आम नागरिकको गुनासो रहेको छ ।

You might also like
Loading...