बर्दिया अपडेट: डबल नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश 

जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संगठन उठानको आधार तयार पार्नेमा जोड

0 333

बर्दिया । सत्तारूढ दल डबल नेकपा परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् ।

क्रान्तिकारी माओवादी बर्दिया जिल्लाले सुरु गरेको जिल्लाव्यापी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत आइतबार मधुवन नगरपालिका वडा नं. ७ का पूर्व जनमुक्ति सेना हरिराम थारु(रवीन्द्र),नवराज अधिकारी र प्रेम बहादुर श्रेष्ठ  लगायत नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश गरेको पार्टीका बर्दिया जिल्ला सचिव विपिनले बताए ।

साथै ११ सदस्यीय देजमो नेपालको संगठन गठन गरिएको समेत उहाँले जनपथ खबरलाई बताएका छन ।यसरी पार्टी प्रवेशमा आएका नेता कार्यकर्ताहरुलाई अविर लगाएर पार्टी प्रवेस गराईएको थियो ।

पछिल्लो समय नेकपा (क्रान्तिकारी माओवादी) बर्दियामा सांगठानिक अभियानमा जुटेको छ । अभियानकै क्रममा पार्टीले जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संगठन उठानको आधार तयार पार्ने पनि जनाएको छ ।

You might also like
Loading...