विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु(क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत
बर्दिया । विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् ।
पार्टीले बर्दिया जिल्लामा सुरु गरेको जिल्लाव्यापी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत मंगलबार राजापुर नगरपालिका वडा नं. ८ कोइली गाउँमा पाँच सदस्यीय पार्टीको संगठन विस्तार भएको छ । जसमा खुपिराम खाँम्चा,दिनेश थारु,डम्बर चौधरी ,सोम कुमार थारु र लालसिँह थारु रहनु भएको छ ।
त्यसैगरी पत्तेपुर गाउँमा खड्कराज काफ्लेको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन भएको छ । जसमा सदस्य क्रमश लाल बहादुर थारु,गोपाल राजवंशी,प्रेम चौधरी ,सुकलाल थारु,विश्राम चौधरी र काली टमाटा रहनु भएको छ ।
सोही ठाउँको उस्ताजपुर गाउँमा पनि पाँच सदस्यीय कमिटी गठन भएको छ । उक्त संगठनमा धन बहादुर थारु,राम भरत थारु,जित बहादुर थारू ,धन बहादुर चौलागाईं र दिनेश क्षत्री लगायत नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश गरेको पार्टीका बर्दिया जिल्ला सचिव विपिनले जनपथ खबरलाई जनाएका छन।
पछिल्लो समय नेकपा (क्रान्तिकारी माओवादी) बर्दियामा सांगठानिक अभियानमा जुटेको छ । अभियानकै क्रममा पार्टीले जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संगठन उठानको आधार तयार पार्ने पनि जनाएको छ ।