मकवानपुरमा विद्रोही नेकपा(विप्लव)द्वारा बोलेरोमा आगजनी

0 328

बर्दिया । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको विद्रोही नेकपा कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् ।
काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले बताएका छन ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ । बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ । उनि विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।साभार रातोपाटी

You might also like
Loading...