केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि भर्ना खोल्यो:दरखास्त फारम भर्न आह्वान

0 541

बर्दिया । केन्द्रीय तथ्यांक विभागलेले जनगणना २०७८ का लागि आवश्यक कर्मचारी करारमा भर्ना गर्ने भएको छ । विभागले आजैदेखि दरखास्त आह्वान गरेको छ ।

नेपाली नागरिक योग्यता पुगेका इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।

सो कार्यको लागि आवश्यक कर्मचारी गणक उन्चालीस हजार र सुपरिवेक्षक आठ हजार जना रहेको जानकारी विभागले दिएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई समेत परिचालन गर्न सकिने बताइएको छ ।

You might also like
Loading...