नागरिक अभियन्ताको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन: चौतर्फी विरोध

0 246

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध सोमबार बालुवाटारमा गरिएकाे शान्तिपूर्ण प्रदर्शनमाथि गरिएकाे दमनकाे चाैतर्फी रुपमा विराेध भएकाे छ । शान्तिपुर्ण विराेध प्रदर्शनमा कैयौं नागरिक अभियन्ता प्रहरी लाठीचार्जमा घाइते भएका छन्।
घाइतेमध्ये १२ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी गम्भीर घाइते छन्। वृहत् नागरिक आन्दोलनका अभियन्ता युग पाठकका अनुसार जैसीको सोमबार बेलुकासम्म पनि होस आएको थिएन। गम्भीर घाइते हुने ६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइतेहरु संघर्ष दाहाल, कुमार बर्तौला, सीएन थारु, स्वर्णिम दिनेश, रामनरेश यादव र प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पिंग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार भइरहेकाे छ ।
आन्दोलनका बिभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा सोमबार कमलपोखरीबाट मार्चपास गर्दै बालुवाटार पुग्ने र कोणसभा आयोजना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी निर्मम रुपमा दमन गरेको नागरिक आन्दोलनका तर्फबाट पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।स्रोत मुलबाटो

You might also like
Loading...