नेकपा(क्रान्तिकारी माओबादी) दाङले गर्यो सरकारको प्रतिगामी कदमको भव्य रुपमा विरोध
MMC पास गर्न नसकेको कारणले संसद बिगठन गरेको आरोप
ईश्वरी प्रसाद गैरे- दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) दाङ जिल्ला समितिको आयोजनामा दाङको घोराही बजारमा बिरोध सभा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज कमरेड समीर के सि ले बर्तमान राज्य ब्यबस्था असफल भएको कारणले मध्यावधि निर्वाचन घोषणा भएको र डब्बल नेकपा आफ्नै नेताहरूको सत्तास्वार्थका कारणले पार्टी फुटेर एकले अर्कालाई तल्लो स्तरमा ओर्लेर गालिगलौज गर्ने गरेका छन भन्न्नुभयो ।
उहाँले यी संसदवादी दलहरु जनताको आवस्यकता भन्दापनि पद कुर्सीमा टासिंएर बस्न नपाएको कारणले पार्टी फुटेको बिचार राख्नुभयो । अहिलेको राज्यब्यबस्था असफल भएको बिचार राख्दै संसद पुर्बाहाली तथा निर्वाचन दुबैबाट पनि समस्या हल हुननसक्ने ठोकुवा गर्दै दुईतिहाइ नजिकै पुर्याउदा पनि पाँच बर्ष टिक्न नसक्नुको कारण संसदिय ब्यबस्था असफल भएकोले अबको बिकल्प संघिय जनगणतन्त्र भएकोले त्यसतर्फ अगाडि बढन आग्रह गर्नुभयो ।
अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी)का दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बञ्जाडेले उक्त बिरोध सभालाई सम्बोधन गर्दै राजनीति सिद्धान्त सकिएपछि नेताहरु घुस भ्रष्टाचारमा फसेको र जनताको आवस्यकता भन्दा आफ्नै मोजमस्तिमा डुबेका कारण अहिलेको समस्या आएको छ भन्नुभयो यस समस्याबाट छुटकारा पाउन संसद बिगठन पछिको मध्यावधि निर्वाचन नभई एक मात्रै बिकल्प सङ्घर्ष रहेको र सङ्घर्षबाट जनताको सरकार बनाएर संघिय जनगणतन्त्रमा पुग्नुपर्ने धारणा राख्नु भएको थियोे ।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै नबनिर्बाचित देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष ईश्वरी प्रसाद गैरेले सरकार भ्रष्ट भ्रष्टाचार दलालको चङ्गुलमा फसेको कुरा राख्दै जनताको स्वास्थमा रुचि नदिएको ,राष्ट्रियताको सौदाबाजि गरेको भारतीय जासुसी सस्था र का प्रमुखसङ्ग गोप्य भेटबार्ता पछि के पि सरकारले:MMC पास गर्न नसकेको कारणले संसद बिगठन गरेको आरोप लगाउनु भयो ।
हाम्रो मिचिइएको भुमि फिर्तालिन पहल नगरेको र शैक्षिक पाठ्यक्रममा पुरानो नक्सा को क्षेत्रफल प्रकाशित गर्नु नै लिपु कालापानी लिम्पियाधुरा बन्धकी राखेर भारतीय दानमा आएको कोरोना भ्याकसेन को हल्ला मच्चाएको ,भारतीय शासकका अगाडि लम्पसार परेको , राजनीतिक रुपमा संसदिय ब्यबस्था असफल भएको कारणले नेताहरुको कुर्सी मोहका कारणले डब्बल नेकपा फुटेको हो भन्दै यिनिहरुको जुनदिन एकता भएकाथिए त्यहीँ दिनबाट यिनिहरुको फुटको सुरुवात भएको बताउदै दुईतिहाइ ले पनि सरकार पाच बर्ष चलाउन नसक्नु के संसदिय ब्यबस्था असफल भएको होइन र ? भन्दै प्रतिप्रस्न गर्नुभयो । उक्तकार्यक्रम सञ्चालन डि सि एम तिलक बि क ले गर्नुभएको थियोे ।