नेकपा(क्रान्तिकारी माअोवादी) बाँकेको जिल्ला बैठक सम्पन्न: सेक्रेटरीमा क.चट्याङ

0 328

बाँके । नेकपा(क्रान्तिकारी माअोवादी)ले यहीँ माघ २३ गते नेपालगन्जमा राजनीतिक/वैचारिक, सांगठनिक र संघर्षको क्षेत्रमा ऐतिहासिक निर्णय गर्दै बैठक सम्पन्न गरेको छ ।

उक्त बैठकले ऐतिहासिक निर्णय गरेको छ ।मजदुर किसान र श्रमजीवी तथा उत्पीडित जनसमुदायको आधारभुत आवश्यकता गाँस,आवास,कपास,स्वास्थ,शिक्षा र रोजगारीको सुनिश्चित्ताका लागि सम्झौताहीन संघर्ष गर्ने निर्णय गरेको छ।

त्यस बैठकमा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव क. संकुल प्रमुख अतिथि र पार्टीका केन्द्रीय सदस्य एवं बाँके – बर्दिया इन्चार्ज अर्जुन अतिथि रहनुभएको थियो ।

साथै सो बैठकले जिल्ला सेक्रेटरीमा नयाँ नेतृत्व चयन गरेको छ । जसमा क. चट्याङले उक्त जिम्मेवारी पाउनु भएको छ । त्यसैगरी देजमो नेपालको जिल्ला अध्यक्षमा क. प्रतिज्ञा चयन हुनुभएको छ ।

You might also like
Loading...