पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनहरुको प्रतिनिधित्व गराउनुपर्ने माग

0 327

दामोदर खनाल / ईश्वरी प्रसाद गैरे
भालुवाङ (दाङ) २५ माघ ः क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले नेपाल पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनहरुको प्रतिनिधित्व गराउनुपर्ने माग गरेको छ ।
दाङको भालुवाङमा आइतवार भएको प्रदेश समितिको बैठकले नेपाल पत्रकार महासंघ जस्तो नागरिक आन्दोलनको अगुवा संस्थालाई अमुक दलको भातृ संगठन जस्तो बनाउन नहुनेमा जोड दिएको हो ।
बैठकले देशमा देखिएको राजनैतिक संकट बर्तमान संसदीय ब्यवस्थाको संकट रहेको उल्लेख गर्दै यसले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा समेत खलल पुगेको भन्दै सबै सरोकारावालाहरुको ध्यानाकर्षण गरेको छ ।
क्रान्तिकारीले नेपाल पत्रकार महासंघको आसन्न महाधिबेशनमा मुद्धाका गठनबन्धन गर्न वार्ता संवाद गर्ने समेत निर्णय भएको प्रदेश संयोजक रवि पाण्डेयले जनाए । बैठकले क्रान्तिकारी पत्रकार महासंघलाई प्रदेशका जिल्लाहरुमा विस्तार गर्ने निर्णय लिएको लुम्बिनी प्रदेश संयोजक पाण्डेयले बताए । उनका अनुसार फागुन २० गते भित्र संगठनका जिल्ला भेला तथा बैठक सम्पन्न गर्ने निर्णय भएको छ ।
बैठकले संगठनको केही जिम्मेवारी समेत हेरफेर तथा थप कार्यत्रबिभाजन गरेको छ । जसअनुसार संयोजक रवि पाण्डेय, दामोदर खनाल र केशव अधिकारी सदस्य रहेको प्रदेश सचिवालय समिति गठन गरेको छ । त्यस्तै सदस्यता वितरण , जिल्ला भेला तथा बैठक सम्पन्न गर्नका लागि जिम्मेवारी समेत ठोस गरेको छ । जस अनुसार संयोजक पाण्डेलाई पश्चिम नवलपरासी रुपन्देही र कपिलबस्तु दामोदर खनाललाई अर्घाखाँच प्युठा रोल्पा,ा पुर्वी रुकुम र दाङ केशव अधिकारीलाई गुलमी र पाल्पा आयुष न्यौपानेलाई बाँके बर्दियाको जिम्मेवारी दिइएको छ ।
पत्रकारहरु चारकर्ताको भुमिकामा ः संकुल
बैठकमा नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव संकुलले वर्तमान अवस्थामा पत्रकारहरुको भुमिका अझ बढेको बताए । उनले जनपक्षीय पत्रकारहरुले संगठनकर्ता आन्दोलनकर्ता प्रचारकर्ता र उत्पादनकर्ताको भुमिका खेल्नुपर्ने बताए ।
बैठकमा प्रदेश सदस्यहरुले रिर्पाेटिङ गरेका थिए । बैठक संयोजक रवि पाण्डेयको अध्यक्षताम भएको थियो ।

You might also like
Loading...