जनयुद्ध दिवसमा नयाँ जनवादी क्रान्तिकाे तयारी

0 199

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ले क्रान्तिकारी माओवादी पार्टी नयाँ जनवादी क्रान्तिमा जुटेकाे बताएका छन् । २६ औं जनयुद्ध दिवसको शुभकामना दिदै किरणले आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद– लेनिनवाद– माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका हुन् । उनले क्रान्तिकारी पार्टीहरूलाई गाेलबद्ध हुन पनि आव्हान गरेका छन् । वक्तव्यमा भनिएकाे छ – महान जनयुद्धको छब्बिसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न विशेष आह्वान गर्दछ । वक्तव्यमा नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता र घाइते तथा अपाङ्ग योद्वालाई न्याय दिलाउन क्रान्तिकारी माअोवादी निरन्तर संघर्षमा रहेको बताउनुभयो ।

You might also like
Loading...