नेकपा क्रान्तिकारी माओवादीले २६ अौँ जनयुद्ध दिवस यसरी मनायो: नेपालगन्जमा मार्चपास सहित जनसभा

0 500

बाँके । नेकपा क्रान्तिकारी माओवादी बर्दिया र बाँकेको संयुक्त आयोजनामा जनयुद्ध दिवसकाे अवसर पारेर नेपालगन्जमा राताे मार्चपास सहित जनसभा गरेकाे छ । नेपालगन्जकाे वाटरपार्कबाट शुरू भएकाे मार्चपास न्यूरोड हुँदै त्रिभुवन चाेकमा पुगेर जनसभा गरेको थियाे ।

उक्त जनसभालाई सम्बाेद्धन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पाेलिटव्युराे सदस्य केबि गुरुङले जनयुद्ध दिवसकाे महत्व बारे चर्चा गर्दै वर्तमान सत्ता र व्यवस्थाबाट नेपाली जनता सुखि र सम्बृद्व हुन नसक्ने कुरा ठोकुवा गर्नुभयो । साथै अबको बाटो भनेको जनताको जनविद्रोहद्वारा दलाल संसदीय प्रतिक्रिया व्यवस्थाको खारेजी र त्यसको विकल्पमा संघिय जनघणतन्त्रको स्थापना गर्दै बैज्ञानिक समाजवाद र साम्यवाद भएको बताउनु भयो ।

त्यस जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामले गद्दार गरेर धोका दिदैमा क्रान्ति नरोकिने जिकिर गर्नु भयो । उहाँले भन्नू भयो क्रान्ति यस अर्थमा रहन्छ कि समाजमा प्रतिक्रान्ति शक्ति बन्दुक लिएर जनता माथि दमन गर्छ त्यस अर्थमा क्रान्ति जारी रहन्छ । मुलुकमा वर्तमान राजनैतिक संकट आउनुमा संसदीय व्यवस्था असफल हुनुको पराकाष्ठ भएको उहाँले बताउनु भयो ।

त्यस‌गरी पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज तेजविक्रम शाही (अर्जुन)ले तत्कालीन माअोवादीले २०५२ सालमा जनयुद्ध शुरु गरि प्राप्त गरेका (संघियता र धर्मनिरपेक्षता) लगायतका केही उपलब्धि समेत घुमाउने खतरा भएको बताउनुभयो । साथै केपी अोलिले चालेको प्रतिगामी कदम आफ्नै स्वविवेकले नभई राष्ट्रिय- अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल भएको बताउनु भयो ।

देजमो नेपालकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंले मुलुक काण्डै काण्डमा फसेको र अहिलेको व्यवस्थाले महिलाको हक,अधिकार सम्बोधन गर्न नसक्ने बताउनु भयो । चौलागाईंले निर्मला,सम्झना हुँदै भगिरथा सम्म आइ पुग्दा सरकारले कसैलाई पनि न्याय दिन नसकेको चर्चा गर्नुभयो ।

पार्टीका बर्दिया सेक्रेटरी विपिनकाे अध्यक्षतामा भएकाे जनसभा कार्यक्रमकाे सञ्चालन पार्टीका बाँकेका सेक्रेटरी चट्याङकाे सञ्चालनमा भएकाे थियाे । सो कार्यक्रममा देजमाे नेपालका लुम्बिनी प्रदेश सह- सचिव विक्रम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

रातोमार्चपास तथा जनसभा कार्यक्रममा बाँके र बर्दियाका नेता एवम् कार्यकर्ताको बाक्लो उपस्थितिका साथै नेपालगन्ज उपमहानगरपालिकाका स्थानीयले समेत उक्त कार्यक्रम प्रति चासो राख्दै उत्साहजनक सहभागीता जनाएका थिए । आजको कार्यक्रम एैतिहासिक र भव्यताका साथ सम्पन्न भएको छ ।                                             यसरी मनायो लुम्बिनी प्रदेशले जनयुद्ध दिवस              नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) देशैभर जनयुद्ध दिवस मनाएको छ । सोही क्रममा लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा दिवस मनाइएको खबर प्राप्त भएको छ । सो पार्टीले भैरहवा, नेपालगन्ज, दाङको घोराही, प्युठान, अर्घाखाँची, गुल्मीमा कार्यक्रम गरी मनाइएको हो ।

रुपन्देही,कपिलवस्तु र पश्चिम नवलपरासीको संयुक्त आयोजनामा शनिवार भैरहवामा २६ औं जनयुद्ध दिवस मनाइएको छ ।
पार्टीले रातो युवा मार्चपाससहित जनयुद्ध दिवस मनाइएको हो ।

भैरहवाको बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दैं पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले जनयुद्धका अधुरा कामलाई आफुहरुले पुरा गर्नका लागि संघर्षलाई निरन्तरता दिएको बताए । उनले पुष ५ को घट्नाबाट मुलुकमा संकट गहिरिएको भन्दैं निर्वाचन वा संसदपुर्नस्थापनाले समस्याको निकास नदिने जिकिर गरे ।

पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका सुवेदीले मुलुकमा संसदीय व्यवस्था,संविधान र राज्यसक्ता नैं असफल हुंदैं गएको दावी गदैं संघीय जनगणतन्त्रका लागि आन्दोलनको विकल्प नभएको बताए ।

अर्का पोलिटव्यूरो सदस्य धनेश्वर पोख्रेलले जनयुद्ध पुरा नहुंदैं नेतृत्वले धोका दिएकाले त्यसलाई पुरा गर्न आफुहरु लागिपरेको बताए ।

केपी ओलीको राजावादी र प्रचण्डको यथास्थितिवादी सोचबाट मुलुकले निकास पाउंन नसक्ने भन्दैं उनले नयां जनवादी क्रान्ति हुंदैं वैज्ञानिक समाजवादमा जानुपर्नेमा जोड दिए ।
पार्टीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले पुरानो सत्ता खारेज गरि नयां राज्य सत्ता स्थापनाका लागि आफुहरु फेरी हतियार उठाउंन पछि नपर्ने चेतावनी दिए ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सदस्य टिपु सुल्तान,क्रान्तिकारी युवा लिगका केन्द्रीय सदस्य प्रगति राना,पार्टी,रुपन्देहीका सेक्रेटरी बिनोद मरासिनी ,कपिलवस्तुका सेक्रेटरी आकाश लगायतले बोल्दैं विद्धमान प्रतिक्रियावादी राज्यसत्तालाई छिटो अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम पश्चिम नवलपरासीका सेक्रेटरी छबि खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम पूर्व सो पार्टीले भैरहवाको देवकोटाचोकबाट युवाहरुको रातो मार्चपाससहित ¥याली निकाली भैरहवा बजार परिक्रमा पश्यात बर्मेलीटोलको बुद्धचोमा आएर विरोध सभामा परिणत भएको थियो ।

You might also like
Loading...