अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको लुम्बिनी प्रदेश भेला सम्पन्न

नौ सदस्यीय समिति गठन

0 523

बाँके । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ लुम्बिनी प्रदेशको प्रदेश भेला सम्पन्न भएको छ । मंगलबार बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ३ , रामनगरको सुतैयामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त भेलाले तिलक बि.क.को संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । जसमा कबिराज बिक,मानबहादुर हमाल ,हरिप्रसाद सुनार,लक्ष्मीकान्त पौडेल,राजेन्द्र न्यौपाने,बिमलजलन बिश्वकर्मा रहनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव सङ्कुलले जवसम्म दलाल राज्य सत्ता, संसदीय व्यवस्था पूर्णरूपमा ध्वस्त गरी विकल्पमा संघिय जनगणतन्त्रको स्थापना नगरे सम्म भूमिहिन तथा सुकुम्बासी समस्या समाधान हुन नसक्ने बताउनु भयो ।

त्यसैगरी शुभकामना मन्तव्य राख्दै पार्टीका बाँके सेक्रेटरी चट्याङले जवसम्म सामन्ती भू-स्वामित्व र पुजीवादी उत्पादन सम्बन्धलाई समाजबाट बिच्छेदन गर्न सकिदैन तबसम्म वास्तविक रुपमा सुकुम्बासी समस्या हल हुन नसक्ने ठुकुवा गर्नु भयो ।
सो कार्यक्रममा प्रमुख अतिथि पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव सङ्कुल र अतिथि पार्टीका बाँके सेक्रेटरी चट्याङ रहनु भएको थियोे ।

You might also like
Loading...