जनता रोइरहदा त्यसैलाई सङ्गीत सम्झियौ-गजल
खाटी दुस्मन थियो त्यसैलाई मीत सम्झियौ।
गुलाफ बाड्नु र मिठाई खानु प्रीत सम्झियौ।
मैले नबुझेको मात्र एउटै कुरा हो आजसम्म,
तिमीले के-लाई हार के-लाई जीत सम्झियौ।
कोलाहलमा रमाउने तिम्रो पुरानै आदत हो,
जनता रोइरहदा त्यसैलाई सङ्गीत सम्झियौ।
निरङ्कुस भयो भन्नेहरू आफ्नो विगत हेर,
आफू पदमा हुँदा त्यसैलाई उचित सम्झियौ।
तिमीले बिर्से पनि जनता बिर्सने छैन कर्तुत,
आफुलाई अब्बल ठान्यौ पण्डित सम्झियौ।
कसलाई खुसी पार्नु थियो कुन्नि तिमीले खै,
घरमा आगो लगायौ कसको हित सम्झियौ। – धर्मानन्द भट्ट