कोहलपुरमा अव्यवस्थित,भूमिहिन तथा सुकुम्बासी संघर्ष समितिद्वारा बिरोध र्यालि तथा धर्ना

0 468

बाँके । कोहलपुरमा अव्यवस्थित,भूमिहिन तथा सुकुम्बासी संघर्ष समितिद्वारा बृहत खुल्ला अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार कोहलपुर नगरपालिका स्थित न्यूरोडमा खुल्ला अन्तरक्रिया कार्यक्रम गरेको हो । यस कार्यक्रमको मुख्य एजेन्डा भनेको अव्यवस्थित,भूमिहिन तथा सुकुम्बासीलाई राज्यले विस्थापित नभई सहि ढङ्गले स्थापित गर्नुपर्ने रहेको छ ।

अहिलेसम्म बसोबास गरिरहेका जनताले जोत भोक गरिरहेको जमिन उनिहरुले पाउनुपर्ने संघर्ष समितिको माग रहेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रमा संघर्ष समितिद्वारा राखिएका मागहरु जस्ले बसाइँसराइ दर्ता गर्नु भएको छ,उहाँको बसाइँसराइको आधारमा घर धुरी कायम गरिनु पर्ने,बसाइँसराइ दर्ता नभएका घर धुरी दर्ता गरि तत्काल घर धुरी अंकित गरिनुपर्ने, कोहलपुर नगरपालिकाका भूमिहिन तथा सुकुम्बासीको स्थाइ रुपमा समस्या समाधान गरिनु पर्ने साथै कोहलपुर नगरपालिकाको नगर प्रमुखको संयोजकत्वमा सर्वपक्षीय संवाद टोली गठन गरिएको खण्डमा संयुक्त संघर्ष समिति वार्ताको लागि तयार रहेको जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा बोल्दै अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका लुम्बिनी प्रदेश सदस्य बिमल जलन बिश्वकर्माले भूमिहिन तथा सुकुम्बासी समस्या हल गर्न सामन्ती भू-स्वामित्व र पुजीवादको जरो उखेल्नु पर्नेमा जोड दिनु भयो । दलाल राज्य सत्ता, संसदीय व्यवस्था पूर्णरूपमा ध्वस्त गरी विकल्पमा संघिय जनगणतन्त्रको स्थापना गर्न आम जनतालाई सडक संघर्षमा आउन आह्वान गर्नु भयो ।

यस खुल्ला अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि , पत्रकार , बुद्धिजीवी र आम सर्वसाधारणको धर्नासहितको उपस्थिति रहेको थियो । उक्त संघर्ष समितिले आफ्ना माग राज्यले सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

You might also like
Loading...