अछाममा रकम संकलन गरि सामुदायिक विद्यालको भवन शिलान्यास: शैक्षिक क्षेत्रको बजेट कता जान्छ ?
अछाम । कमलबजार नगरपालिकाका नगर प्रमुख श्री ओम प्रकाश बिष्टले श्री कालिका आधारभुत विद्यालय मुली अछामको दुई कोठे पक्की भवनको एक कार्यक्रम बिच शिलन्यास गर्नु भएको छ। उक्त कार्यक्रममा बोल्दै उहाँले शैक्षिक क्षेत्रको विकास आफ्नो प्राथमिकता रहेको बताउदै विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
विद्यालयको जिर्ण भौतिक पुर्वाधारलाई नयाँ निर्माण गरी शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरीएको थियो। दान सहयोग प्रदान गर्ने सबै प्रती कृतज्ञता ब्यक्त गर्दै अभियान बाट संकलित रकमले उक्त भवन निर्माणका लागि आर्थिक अभाव हुने हुँदा विद्यालय लाई थप सहयोग गर्न मनकारी सहयोगीहरु लाई विद्यालयका प्रधानाध्यापक देवीराम सन्यालले हार्दिक अनुरोध गर्नुभएको थियो।
विद्यालय भवन निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत वार्ड अध्यक्ष श्री तेज बहादुर बिष्टले १०० दिनका लागि १२ जना कामदार उपलब्ध गरी निर्माण कार्यलाई सहयोग गर्नु भएको छ। यस अघि पनि वहाँले वडा मार्फत विद्यालयलाई २० जोडा डेस्क बेन्च प्रदान गरी सक्नु भएको छ।
सो शिलन्यास कार्यक्रममा नगर प्रमुख ओम प्रकाश बिष्टका साथै वडा नं १ का वार्ड अध्यक्ष तेज बहादुर बिष्ट, नगर शिक्षा प्रमुख तथा वार्ड नं १० का वार्ड अध्यक्ष भिम बहादुर बिष्ट सहित अभिभावकको उपस्थिति रहेको थियो।