जनगणतन्त्र हुँदै बैज्ञानिक समाजवादको लक्ष्यमा नपुगी सहिदका सपना पूरा हुँदैनन्: न्यौपाने

0 412

बाँके । नेकपा (क्रान्तिकारी माआेवादी) पार्टीका पिविएम तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपानेले संघिय जनगणतन्त्र हुँदै बैज्ञानिक समाजवादको लक्ष्यमा नपुगी सहिदका सपना पूरा नहुने बताएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर विभिन्न कार्यक्रम गरी फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सम्पुर्ण सहिदहरुको सम्झनामा सहिद सप्ताह मनाउँदै आएको छ । सो अवसरमा आज बाँके पार्टीले आयोजना गरेको उक्त कार्यक्रममा न्यौपानेले त्यस्तो बताएका हुन ।

पार्टीले सहिद तथा वेपत्ता याेद्धा परिवारसँग भेटघाट अन्तर्क्रिया गर्ने, काेणसभा, जनसभा, संगठन विस्तार, भेला लगायतका कार्यक्रमसँगै सहिद सप्ताहलाई संघर्षकाे रुपमा मनाई रहेको अर्का नेता प्रेम थापाले जनपथ खबरसंग बताएका छन ।

You might also like
Loading...