कोहलपुरमा अव्यवस्थित,भूमिहिन तथा सुकुम्बासीहरुले बुधबार राति पनि धर्ना दिदै
माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी
बाँके । कोहलपुरमा अव्यवस्थित,भूमिहिन तथा सुकुम्बासीहरुले बुधबार राति पनि सरकारलाई दवाव दिन धर्ना कार्यक्रम जारी राखेका छन ।
यस संघर्षरत कार्यक्रमको मुख्य एजेन्डा भनेको अव्यवस्थित,भूमिहिन तथा सुकुम्बासीलाई राज्यले विस्थापित नभई सहि ढङ्गले स्थापित गर्नुपर्ने रहेको छ ।
उहाँहरु उक्त जमिनमा लामो समयदेखि अहिलेसम्म बसोबास गरिरहेका छन । आफुहरुले जोत भोक गरिरहेको जमिन पाउनुपर्ने आम सर्वसाधारणको भनाइ रहेको छ ।
त्यस जमिनमा बसोबास गर्दै आएका मानिसहरुले सरकार समक्ष राखिएका मागहरु जस्ले बसाइँसराइ दर्ता गर्नु भएको छ,उहाँको बसाइँसराइको आधारमा घर धुरी कायम गरिनु पर्ने,बसाइँसराइ दर्ता नभएका घर धुरी दर्ता गरि तत्काल घर धुरी अंकित गरिनुपर्ने, कोहलपुर नगरपालिकाका भूमिहिन तथा सुकुम्बासीको स्थाइ रुपमा समस्या समाधान गरिनु पर्ने साथै कोहलपुर नगरपालिकाको नगर प्रमुखको संयोजकत्वमा सर्वपक्षीय संवाद टोली गठन गरिएको खण्डमा संयुक्त संघर्ष समिति वार्ताको लागि तयार रहेको जानकारी गराएका छन ।
सम्बन्धित निकायले दिएको अत्यन्तै गैर जिम्मेवार पूर्ण अभिव्यक्ति प्रति आपत्ति रहेको त्यहाँका पिडित मानिसले जनपथ खबरसंग बताएका छन ।
कोहलपुर नगरले अव्यवस्थित,भूमिहिन तथा सुकुम्बासीहरुको लगद संकलन गर्ने तर कोहलपुरमा बस्दै आएता पनि सबैलाई पुर्खेउलि जिल्लामा पठाउने भन्ने अभिव्यक्ति दिएको भन्ने जन गुनासो छ । यस्तो हो भने राज्यले कि त आदिवासी बाहेक सबैलाई आ-आफ्नो जिल्ला पठाउने निर्णय गर्नु पर्यो,होइन भने आफुहरुलाई पनि सोही ठाउँमा व्यवस्थापन गर्नु पर्ने त्यहाँका पिडित जनताको माग रहेको छ ।
उक्त ठाउँका पिडित जनताहरुले आफ्ना माग राज्यले सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन ।