रणनीतिक संयुक्त मोर्चाको बैठक सम्पन्न: कहिले हुँदै छन संघर्षका कार्यक्रम ?
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुला आहुती लगायतका नेताहरुको उपस्थितिमा रणनीतिक संयुक्त मोर्चाको प्रारम्भिक बैठक सम्पन्न भएको छ ।
उक्त बैठक नेकपा (क्रान्तिकारी माओवादी)को कार्यालय कुपण्डोलमा सम्पन्न भएको हो । सो बैठकमा रणनीतिक संयुक्त मोर्चाका नेता सीपी गजुरेललगायतको समेत उपस्थिति रहेको थियो ।
आजको यस बैठकमा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा बीच भएको वार्ताको प्रक्रिया र विषयवस्तुका बारेमा विप्लवले व्रिफिङ गरेका थिए ।
बैठकले मोर्चाको अर्को बैठकबाट मोर्चाका आगामी कार्यक्रमहरुलाई कसरी लैजाने भन्ने विषयमा विस्तृतमा छलफल गर्ने र कार्यक्रम सार्वजनिक गर्ने समझदारी गरेको क्रान्तिकारी माओवादीका महासचिव किरणले जानकारी दिनुभयो ।