जनपथ मल्टिमिडिया प्रा.लि.को तेस्रो बैठक सम्पन्न : प्रतिधूर्वीय पत्रकारिता विरुद्ध संघर्ष गर्ने निर्णय

0 391

बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा जनपथ मल्टिमिडिया प्रालिको संचालक समितिको तेस्रो बैठक सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष भुपेन्द्र न्यौपानेको अध्यक्षतामा उक्त बैठक बसेको हो । सो बैठकमा संचालक समिति सदस्यहरु तेजबिक्रम शाहि,कमलराज रोकाय ,लक्ष्मी चौलागाईं, प्रेम थापा, भिम प्रसाद जैसि, आयुष न्यौपाने र आमन्त्रित सुरेश वली, मुक्त बहादुर थापा उपस्थित रहनु भएको थियो ।

उक्त बैठकले जनपक्षीय पत्रकारिता अपरिहार्य रहेको ठहर गर्दै प्रतिधूर्वीय पत्रकारिता विरुद्ध संघर्ष गर्ने निर्णय  गरेको छ ।

साथै यस मिडियाले जनताको पक्षमा , जनताले गरेका बलिदान र योगदानका बारेमा पक्षपोषण गर्ने, जनताको गाँस, बाँस, कपासको ग्यारेन्टी राज्यले गर्नुपर्ने सम्बन्धमा, वैचारिक संघर्ष, वर्ग संघर्ष र आमूल पविर्तनका पक्षमा सञ्चार सामग्री उत्पादन गर्ने, समाचार संकलन गर्ने लेख टिप्पणी लेख्ने, सम्पादन र प्रकाशन गर्ने र जनविरोधी, राष्ट्रविरोधी अर्थात प्रतिक्रियावादी व्यवस्थालाई ध्वंश गर्ने गरी जनताले सञ्चालन गर्दै आएका संघर्षहरुलाई पक्षपोषण र सहयोग पुग्ने गरी समाचारहरु लेख्ने निर्णयहरु आजको बैठकले गरेको छ।

You might also like
Loading...