दाङमा नेकपा(क्रान्तिकारी माअोवादी) सम्बद्व जवस- मोर्चाको संगठन विस्तार

0 347

दाङ । दाङ जिल्ला गडवा गाउँपालिका वडा नं. ६ स्थित नयाँ वस्ती टोलमा नेकपा(क्रान्तिकारी माअोवादी) सम्बद्व जवस- मोर्चाको संगठन विस्तार भएको छ ।

आइतबार अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको नौ सदस्यीय संगठन र थारु राष्ट्रिय  मुक्तिमोर्चाको सात सदस्यीय संगठन निर्माण भएको हो ।

जसमा थारु राष्ट्रिय  मुक्तिमोर्चाको अध्यक्षमा मोहन चौधरी ,उपाध्यक्षमा सरस्वती चौधरी,सचिवमा अक्ष कुमाल,कोषाध्यक्षमा सिताराम चौधरी,सहसचिवमा प्रेम चौधरी,सदस्यहरु शान्ति चौधरी,सीता चौधरी, त्यसैगरी अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको अध्यक्षमा तुल्सीराम चौधरी, उपाध्यक्षमा शान्ता चौधरी,सचिवमा अर्विन चौधरी,कोषाध्यक्षमा संगम चौधरी,सदस्यहरु राम कुमार चौधरी,रामनाथ चौधरी,राधेश्वर चौधरी,सिताराम चौधरी, रुप्नि चौधरी लगायत रहनु भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने,दाङ जिल्लाका इन्चार्ज, थारु राष्ट्रिय मुक्तिमोर्चाका महासचिव रामजी चौधरी, क्रान्तिकारी युवा लिंग नेपालका महासचिव दिल बहादुर कठायत,क्रान्तिकारी किसान महासंघका लुम्बिनी प्रदेश संयोजक प्रेम थापा,दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सुकुम्बासी संयोजक तिलक बिक,दाङ जिल्लाका देजमोका उपाध्यक्ष बिष्णु पोख्रेल लगाएतको उपस्थिति थियो । सो कार्यक्रममा तुलसीराम चौधरीको अध्यक्षता र तिलक बिकको संचालन रहेको थियो ।

You might also like
Loading...