नेकपा (क्रान्तिकारी माओवादी)को ऋषिराम थारुको गिरफ्तारी प्रति गम्भीर ध्यानाकर्षण

अविलम्व रिहाइका लागि सरकारसंग जोडदार माग

0 336

बाँके । नेकपा (क्रान्तिकारी माओवादी)ले केन्द्रीय सल्लाहकार सदस्य ऋषिराम थारुलाई अचानक गिरफ्तार गरी हिरासतमा राखिएको घटनाप्रति  गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

उहाँलाई षडयन्त्रकारी तथा पूर्वाग्रही ढङ्गले झुट्टा मुद्दामा फसाउन खोजिएकोमा आफ्नो पार्टी त्यसको कडा विरोध गर्ने  महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ । साथै उहाँको अविलम्व रिहाइका लागि सरकारसंग जोडदार माग समेत गरिएको छ।

फागुन २८ गत्ते ऋषिराम थारुलाई विनाकारण प्रहरीले गिरफ्तार गरि हालसम्म पनि रिहाइ गरेको छैन । प्रहरीले उहाँलाई आफ्नै निवासबाट पक्राउ गरेको हो ।  वक्तव्यको पूर्णपाठ:-

You might also like
Loading...