भालुबाङ्गमा नेकपा(क्रान्तिकारी माअोवादी)२३ अौँ साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै

0 537

दाङ ।  नेकपा(क्रान्तिकारी माअोवादी) २३ अौ साँस्कृतिक प्रतिरोध दिवस तथा जनसभा लुम्बिनी प्रदेशको राजधानी  भालुबाङ्गमा गर्ने भएको छ । उक्त कार्यक्रम यही चैत्र ५ गते लुम्बिनी प्रदेश समितिको आयोजनामा गर्ने भएको हो ।

प्रतिक्रियावादी सत्ता,संसदीय व्यवस्था र पश्चगामी संविधान खारेज गरौँ ! संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ !! भन्ने मुल नारा सहित सो कार्यक्रम भोलि भव्य रुपमा गरिने पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले जनपथ खबरसंग बताउनुभएको छ।

साथै भोलि भालुबाङ्गमा हुन लागेको एैतिहासिक कार्यक्रममा देशभक्त,बुद्धिजीवी र क्रान्तिकारीहरु लगाएत आम सर्वसाधारणलाई उपस्थित हुन अपिल समेत गर्नु भएको छ ।

You might also like
Loading...