अनेरास्ववियु(क्रान्तिकारी )को संगठन विस्तार: राष्ट्र निर्माणमा बिद्यार्थी आन्दोलन अपरिहार्य
दाङ । दाङ जिल्लाका विभिन्न क्याम्पसहरुमा पछिल्लो समय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले आफ्नो संगठन विस्तार कार्यक्रम तीव्र बनाएको छ । संगठन विस्तार कार्यक्रम अन्तरगत आज राप्ती बबई बहुमुखी क्याम्पसमा शिक्षा संकाय तर्फ बाट ७९ सदस्यीय कमिटी गठन गरियको छ।
जसमा अध्यक्ष हुमा गौतम , उपाध्यक्ष कमला पौडेल , सचिव पवित्रा डागी, सहसचिव सुजता सेन , कोषाध्यक्ष मनिका थापा,सदस्य बन्धन के. सि, राधिका खनाल र दुर्गा अोली लगायत रहनु भएको छ ।
साथै सोमबार एक कार्यक्रममा बीच गुरु जजुर मा . वि रक्षाचौरमा पनि ६९ सदस्यीय कमिटी गठन गरिएको छ । त्यसमा अध्यक्ष बेगुम पुन मगर ,उपाध्यक्ष प्रेणा अोलि ,सचिव सुस्मिता डाँगी, सहसचिव अाशा वि. क,कोषाध्यक्ष रन्जु वि. क रहेका छन् । उक्त क्रायक्रममा अखिल ( क्रान्तिकारी) का केन्द्रीय सचिव महेश श्रेष्ठ र प्रदेश सदस्य मनोजको उपस्थिति रहेको थियो।साथै दाङ्ग जिल्लामा यहि चैत्र १४ गते जिल्ला सम्मेलन गर्ने गरि संगठन विस्तार भइरहेको अखिल( क्रान्तिकारी )का एक नेताले जनपथ खबरसंग बताएका छन ।
नेपालमा विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता के हो त ? पछिल्लो समयमा नेपाली विद्यार्थी आन्दोलनसामु यो वा त्यो रुपमा एउटा प्रश्न खडा भएको छ । शिक्षा गुणस्तरीय भए मात्र मुलुकमा आमूल परिवर्तन ल्याउन सम्भव छ । नेपालमा शैक्षिक माफियाका कारण दिनानुदिन सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर खस्किदै आएको छ ।
इतिहास साक्षी छ, हाम्रो मुलुकमा विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । विभिन्न राजनीतिक परिवर्तन, समाज परिवर्तन, प्रजातान्त्रिक आन्दोलन देखि लोकतान्त्रिक संघिय गणतन्त्र सम्मका हरेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित थियो ।
राष्ट्रियताको पहरेदारको रूपमा दबाब र खबरदारीको ध्वजा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आएको हो । जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो र आज फेरि देशमा संघिय जनघणतन्त्र स्थापना गर्नका निमित्त बिद्यार्थी आन्दोलन पनि अपरिहार्य छ ।
त्यस बिद्यार्थी आन्दोलनको लिडरसिप अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले गरेको छ । यस संगठनमा जोडिन देशभरका बिद्यार्थी आतुर रहेको पछिल्लो घटना क्रमले छर्लङ्ग पारेको छ।