बाँकेमा नेकपा(क्रान्तिकारी माअोवादी)को बैठक सम्पन्न

0 299

बाँके । नेकपा(क्रान्तिकारी माअोवादी)को बाँके जिल्ला समिति बैठक सम्पन्न भएको छ । उक्त बैठक बुधबार नेपालगन्ज उपमहानगरपालिकामा बसेको थियो ।

सो बैठक बाँके जिल्ला सेक्रेटरी चट्याङको अध्यक्षता र पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव संकुलको प्रमुख आतिथ्यतामा बसेको हो ।

आज बसेको बैठकले राजनीतिक/वैचारिक, सांगठनिक र संघर्षको क्षेत्रमा ऐतिहासिक निर्णय गरेको छ । मजदुर किसान र श्रमजीवी तथा उत्पीडित जनसमुदायको आधारभुत आवश्यकता गाँस,वास,कपास,स्वास्थ,शिक्षा र रोजगारीको सुनिश्चित्ताका लागि सम्झौताहीन संघर्ष गर्ने निर्णय गरेको छ।

You might also like
Loading...