बाँकेमा अखिल(क्रान्तिकारी )को संगठन विस्तार

0 458

बाँके । नेकपा(क्रान्तिकारी माअोवादी) निकट अखिल( क्रान्तिकारी )ले बाँके जिल्लामा पनि तीव्र रुपमा आफ्नो संगठन विस्तार गरिरहेको छ।

त्यही क्रममा बागेश्वरी बहुमुखी क्याम्पसमा कमिटी गठन गरेको छ। स‍ो कमिटीको संयोजकमा शुक्रराज शाही र सहसंयोजकमा करुणा सापकोटा सहित ९ सदस्यीय कमिटी गठन भएको ह‍ो।

त्यसैगरी महेन्द्र बहुमुखी क्याम्पसमा पनि संगम शर्माको अध्यक्षतामा २४ सदस्यीय कमिटी निर्माण भएको छ । केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक महेश श्रेष्ठ र प्रदेश सदस्य मनोजको समेत उपस्थित रहेको थियो ।

You might also like
Loading...