कोहलपुरमा देजमो नेपालको विशाल जनसभा सम्पन्न

0 609

बाँके । कोहलपुरमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिले राष्ट्रिय जनआन्दोलन दिवसको अवसरमा चैत्र चौबीस गते आयोजना गरेको विशाल जनसभा कार्यक्रम सम्पन्न भएको छ।

विद्दमान जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौँ,संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ भन्ने मुल नाराका साथ संघर्ष स्वरुप सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका लुम्बिनी प्रदेश सह-सचिव बिक्रम भण्डारीले गर्नु भएको  थियो भने पार्टीका केन्द्रीय सदस्य तथा बाँके – बर्दिया इन्चार्ज अर्जुनले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सो कार्यक्रमलाई पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश इन्चार्ज (प्रमुख अतिथि ) प्रेेम सुवेदी,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष(अतिथि) केबि गुरुङ र पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव ( अतिथि )भुपेन्द्र न्यौपाने लगाएतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

आज कोहलपुरमा भएको कार्यक्रममा दाङ, बाँके र बर्दियाको जनमास परिचालन भएको थियो । कार्यक्रम स्थलभन्दा टाढाका जिल्लाहरुको जिल्लाको सापेक्षतामा विकेन्द्रित रुपमा पनि राष्ट्रिय जनआन्दोलन दिवस भव्य रुपमा मनाइएको छ।

You might also like
Loading...