जनउत्थानको ११ औँ वार्षिकोत्सव: बागेश्वरी शाखाद्वारा लागू अौषध नियन्त्रण सम्बन्धि कार्यक्रम

0 451

बाँके । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ।

त्यसैगरी बाँके जिल्लामा रहेको बागेश्वरी(खजुरा) शाखाको आयोजनामा र इलाका प्रहरी कार्यालय धनौलीसंगको सह-कार्यमा लागू अौषध नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।

आज संस्थाको वार्षिकोत्सवको अवसरमा ज्ञानोदय मा.बि.का १०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीतामा उक्त कार्यक्रम भएको हो। सो कार्यक्रम संस्थाका शाखा प्रमुख रमेश सुनारको अध्यक्षता र कर्मचारी आयुष न्यौपानेको संचालनमा भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय धनौली चौकीका प्रहरी निरिक्षक बसन्त आचार्य रहनु भएको थियो । त्यसैगरी अतिथि ज्ञानोदय मा.बि.का प्रधानध्यापक ऋिषिराम सापकोटा रहनु भएको थियो ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरिक्षक बसन्त आचार्यले लागू अौषध नियन्त्रण सम्बन्धि तालिम दिनु भएको थियो ।

आधुनिक संचार प्रविधिले साँघुरिदै गएको आजको संसारमा फराकिदै गएको संगठित अपराधको दायराभित्र आतंकवाद पछिको दोस्रो ठूलो अपराधको श्रेणीमा लागु औषध कारोवार सम्बन्धि अपराध पर्दछ । लागु औषधको समस्याले विश्वका प्रायः सबै राष्ट्रहरुलाई कुनै न कुनै रुपमा पिरोलिरहेकै छ ।

नेपाल पनि पछिल्लो समय लागु औषधको समस्याले निकै प्रभावित छ। उक्त समस्याको नियन्त्रणका लागि आजको कार्यक्रमले निकै अर्थ राखेको संस्थाका शाखा प्रमुख रमेश सुनारले बताउनु भयो ।

बागेश्वरी शाखाले हालसम्म करिब चार वटा स्थानीय तहमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ। जसमा नेपालगन्ज उप महानगरपालिका, खजुरा गाउँपालिका,बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकाका मानिसहरूलाई सेवा दिदै आएको हो ।

बैंकले समाज र आफ्ना सदस्य प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेको हो। यस ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाका विभिन्न शाखाहरुबाट समाज रुपान्तरणका लागि विभिन्न सामाजिक कार्यहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।

जनउत्थानले आफ्ना देशव्यापी रहेका ३९ वटा शाखा सञ्जालबाट ट्याव्लेट मार्फत अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।

You might also like
Loading...