(क्रान्तिकारी माओवादी)का पीवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेलाई पितृशोक

0 649

बर्दिया । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पीवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । सेक्रेटरी न्यौपानेका पिता विष्णुप्रसाद न्यौपानेको असामयिक रुपमा निधन हुन पुगेको छ ।                                 साविक अछाम रानिवन ८ घर भई हाल बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका १ डुम्रेनी निवासी दिवंगत विष्णुप्रसाद न्यौपानेको भारतको जयपुरदेखि नेपाल आउने क्रममा बिच बाटोमा हृदयघातका कारण मृत्यु भएको हो ।

दिवंगत विष्णुप्रसाद न्यौपानेका दुई छोरा, चार छोरी र ९ जना नातिनातिनीहरु रहनु भएको छ । भुपेन्द्र न्यौपाने जेठो छोरा र हेमराज न्यौपाने कान्छो छोरा  हुनुहुन्छ । परिवारका अनुसार दिवंगत विष्णुप्रसाद न्यौपानेको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित भोलि कर्णाली नदिमा अन्त्यष्टी गरिनेछ ।

You might also like
Loading...