बाँकेमा लम्बियो निषेधाज्ञा: यस्ता छन निर्णयहरु ?

0 501

बाँके । बाँके जिल्लामा वैशाख २७ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। सोमबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसि उक्त निर्णय गरेको हो।

प्रमुख जिल्लाअधिकारी गेलालले बाँके जिल्लामा पछिल्लो समय कोरोनाको संक्रमण न्युनिकरण नभइ थप भयावह भएको छ र यसको न्युनिकरण गर्न थप निषेधाज्ञा गर्नुको विकल्प नभएको भन्दै उक्त निर्णय लिएको जनाएका छन।

सो बैठकले खाद्यान्न,अौषधि पसल एवम्  अति-आवश्यक सामानका पसल बाहेक सबै क्षेत्र पुर्णतया बन्द हुने लगाएत पहिलेकै निर्णयहरुलाई निरन्तरता दिने जनाएको छ ।

बाँकेमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । पहिलो चरणमा बैशाख ९ गतेदेखि नेपालगन्ज उपमहानगरपालिकामा मात्र एक हप्ता निषेधाज्ञा गरेको थियो । त्यसपछि १२ गतेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्ला भरि नै लागू हुनेगरी बैशाख २० गतेसम्म गरेको थियो ।

You might also like
Loading...