नेकपा ( क्रान्तिकारी माअोवादी )द्वारा दिवंगत गीता बन्जाडे प्रति श्रद्धाञ्जली अर्पण

0 364

बर्दिया । नेकपा ( क्रान्तिकारी माअोवादी ) लुम्बिनी प्रदेश समितिद्वारा दिवंगत कमरेड गीता बन्जाडे प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

उहाँको चितवन मेडिकल कलेजमा उपचारको क्रममा नै निधन भएको हो ।नेकपा ( क्रान्तिकारी माअोवादी) लुम्बिनी प्रदेश समिति सचिव संङ्कुलद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा जनाईएको छ । उक्त वक्तव्यको पुर्णपाठ:-
                             श्रद्धाञ्जली वक्तव्य
साविक अर्घाखाँची जिल्लामा २०२८ भाद्र २८ गते जन्म भई हाल धाङ जिल्लाको घोराही उपमहानगर ३ निवासी कमरेड गीता बन्जाडेको हिजो २०७८ बैशाख २४ गते राति २:३० बजे दु:खद निधन भयो । कोभिडबाट संक्रमित उहाँको चितवन मेडिकल कलेजमा उपचारको क्रममा नै निधन भएको हो । उहाँ हाम्रो पार्टी नेकपा ( क्रान्तिकारी माअोवादी ) का लुम्बिनी प्रदेश समिति सदस्य एवं दाङ जिल्ला समितिका सचिव कमरेड नरेन्द्र बन्जाडेकी जीवन संगिनी तथा हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँको निधनबाट हामी अत्यन्तै दु:खित छौँ । उहाँले महान जनयुद्ध लगाएतका विभिन्न क्रान्तिकारी संघर्षहरुमा महत्त्वपूर्ण सहयोग पुर्याउँदै आउनु भएको थियोे । उहाँको निधनले हाम्रो पार्टीलाई गम्भीर क्षति हुन पुगेको छ। उहाँले समाज रुपान्तरणको अभियानमा पुर्याएको योगदान प्रति हाम्रो पार्टी उच्च सम्मान प्रकट गर्दछ । उहाँका दुई भाइ छोरा, दुई जना बुहारी र एक बहिनी छोरी छन । हाम्रो पार्टी दिवंगत कमरेड गीता बन्जाडे प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।साथै, पार्टी यस शोकको घडीमा उहाँका सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
२५,बैशाख २०७८
क. सङ्कुल
सचिव
नेकपा ( क्रान्तिकारी माअोवादी)
लुम्बिनी प्रदेश समिति

You might also like
Loading...