सत्ता जोगाउने कुत्सित उदेश्य: नागरिकता अध्यादेश

अध्यादेशलाई तुरून्तै फिर्ता लिन सरकारसित जोडदार माग

0 281

बर्दिया । अहिले प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई संकट परेपछि आफ्नो सत्ता जोगाउन र जनता समाजवादी पार्टीको एउटा पक्षको समर्थन प्राप्त गर्नका लागि हठात् अध्यादेश जारी गरिएको नेकपा(क्रान्तिकारी माओवादी)ले बताएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) पार्टी प्रवक्ता प्रतिकद्वारा जारी वक्तव्यमा उक्त कुरा बताइएको हो । साथै अहिले देशमा महामारी फैलिएर गम्भीर अवस्था सिर्जना भएको बेलामा यसरी आफ्नो सत्ता जोगाउने कुत्सित उदेश्यका साथ नागरिकता जस्तो अति महत्वपूर्ण विषयमा अध्यादेश ल्याउनु सर्वथा गलत भएको समेत जनाइएको छ ।

सो पार्टीले सरकारको उक्त गलत कार्यको घोर भर्त्सना गर्दै अध्यादेशलाई तुरून्तै फिर्ता लिन सरकारसित जोडदार माग गरेको छ,साथै सरकारको यस प्रकारको गलत कार्यको बिरोध गर्न र त्यसका विरूद्ध एकजुट हुन एवम् सशक्त आवाज उठाउन सम्पूर्ण देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूसित विशेष अनुरोध समेत गरेको छ ।

सरकारले यही जेठ ०९ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा नेपाल नागरिकता ऐन २०६३ संशोधन गरी पहिलो संशोधन अध्यादेश २०७८ जारी तथा प्रमाणीकरण गरिएको छ ।

You might also like
Loading...