बलात्कारी मानसिकता: कैलालीमा ७० बर्षिय गुम्बाका सञ्चालकद्वारा यौन दुर्व्यवहार

0 300

कैलाली ।  कैलाली जिल्ला गोदावरी नगरपालिका-२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन ।

बिहीबार साँझ प्रहरीले ७० वर्षीय गणेश बहादुर मोक्तानलाई पक्राउ गरेको हो। त्यहाँका स्थानीयले अपराधीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन ।

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको भन्ने सूचना पाए पश्चात्  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको छ । उक्त घटना  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको आफ्नो  वेवसाईट मार्फत जनाएको छ ।

You might also like
Loading...