सेपेधुरी चढ्दा

0 389

बेैशाखको महिना थियो । दाङमा गर्मीको मौसम । हामी दुई बिच घरसल्लाहबाट बिहे गरिदिने कुरैथिएन । निम्न मध्ययम बर्गिय ब्राह्मणवाद सस्कारमा हुर्केको म ।मलाई त्यो जनजाल तोडफोड गर्नपनि कठिनाइ थियो । चारैतिरबाट बन्द रुढीबादी संस्कारले बाधेको थियो मलाई । बुवा बिहानै उठनुहुन्थो ।कुटोकोदालो बोकेर पातुखोलाको बगर कोट्याउन जानुहुन्थो ।त्यहीँ बगरलेबुवाको कडा परिश्रमको कारणले हामीलाई टन्न खानपुग्ने पु-याएकोथियो । बुवापनि खेतमा जानुहुन्थो बिहानै हामी पनि अाअाफुले सक्ने काम गर्न खेतमा जान्थौ वुवालाई सघाउथौ र बिहान नौ बज्नुभन्दा अगाडि घरमा घासको भारि ल्याएर अाउथौ ।अामाले धोतिचोलि ( चोखो लुगा) लगाएर भाञ्सा पस्नुहुन्थो र सबैलाई खाना खुवाएपछि मात्रै अाफुले खानुहुन्थो । उहाँ भाञ्सामा पसेपछि उहाँलाई हामीले छुन मिल्दैनथो । चुलो मा भान्सा खान त जनै हाल्नुपर्थो रे जनै नहालेको कारणले गर्दा भाञ्सा छुने अधिकार हामी मा थिएन ।ठुलो परिवार थियो । १८ जनाको परिवार थियोे हाम्रो ।घरमा सानोतिनो पसल पनि थियो ।गोठमा दुई हल गोरु र दुईचार वटा दुहुना र बकेर्ना गाईपनि पालिएको थियो । समग्रमा हाम्रो परिवारलाई श्रम गरेर बर्षदिन सम्म पुग्ने जिबिका निर्बाह गर्ने खेती नै थियो ।अन्य त्यसका सहायक ।
यहीँ परिवेशमा हुर्कदै बढदै पढदै जादाजादै slc अन्तिम लक्ष्य थियो पूरा गरियो । बिद्यार्थी समयदेखि नेै अखिल बिद्यार्थीबाट प्रभावित भएर म अाफुलाई कम्युनिस्ट हु भन्न रुचाउथे र कम्युनिस्ट नै देशमा गाडिएर रहेको सामन्तवादी रुढीबादी संस्कार कुप्रथा कुशासन एक दलिय जहाँँनिया राजतन्त्र पञ्चायती ब्यबस्था तथा जातीय बिभेदका बिरुद्धमा दरोखरो रुपमा उभिन्छ भन्ने मान्यता मेरो मन मस्तिष्कमा गहिरो छाप परेको थियोे र मपनि जातिय भेदभावका बिरुद्ध अन्तरजातीय बिबाह गर्ने प्रण गरिसकेको थिय तर मेरो योजना कुनैपनि हालतमा घरपरिवार मेरा अापन्त बाट सहयोग को कुनै अाशा गरिएको थियन र पाइएन पनि ।
२०४५ सालमा slc पास भएको थिय र पढाइको अन्तिम बिन्दु मेरो त्यहीँ थियोे । कलेज पढनकालागी अहिलेका जस्तो टोलैपिच्छे कलेज थिएनन् ।दाङको एउटामात्र कलेज महेन्द्र बहुमुखी क्याम्पस घरबाट कलेज पढाउन सक्ने अार्थिक अकस्था पनि थिएन भने त्यसबेला क्याम्पस नयाँ भर्नाका लागि अान्तरिक परिक्षा तथा slc को डिभिजन हेर्थो नत मेरो राम्रो डिभिजन थियो धौधौका कृपाङ्ग प्राप्त गरेर slc पास भएकोले मा बि अश्वारामा बिद्यालय सञ्चालन समिति अध्यक्ष लिलामणी गौतम र टङ्क गौतम हेड सर हुनुभएको कारणले उहाँहरुको मास्टरको जागिरे जीवन सुरुवात गरे ।
अब त मास्टर भएको छु रुपैयाँको कमि भएन ।छ सय तीस रुपैयाँ तलब खाइन्थो र पाँच सय रुपैया बालाई बुझाएर एक सय तीस पकेट खर्च राख्थे । यहीँ क्रममै मेरो एक जना १४ बर्षिय नानी शीत रिमझिम बढदै जानथाल्यो । हाम्रो रिमझिमका बारेमा गाउँघर सबैलाई थाहा भइसकेको थियो । मेरो घर परिवारलाई यो कुरा पच्ने कुरै थिएन ।घरमा यहीँ बिषयलाई लिएर बिवाद सुरु हुन थाल्यो ।म ब्राह्मण को छोरा तर मेरो प्रियसी क्षेत्रीको छोरी थिईन । म उनलाई मन पराउथे उनले पनि मलाई धेरै माया गर्थिन । यसरी हामी घरपरिवार को तनाब सहेर बस्नसक्ने स्थिति रहेन ।हामी बिचको सम्बन्ध घरपरिवार गाउँ उनको स्कुल र मेरो स्कुल सम्मपनि फैलिएको थियो । तर त्यसबेलाको समाजले मेरो बिहे सुखिसाथ स्विकार्ने अबस्था थिएन । र धेरै पछि सम्मपनि घरले नै स्विकारेन। अब हाम्रो अन्तिम बिकल्प भाग्ने भन्नेथियो तर कहाँ भाग्ने कसरी भाग्ने बारेमा सोच्दासोच्दै मलाई रुकुम जिल्लामा भागेर जाने उतै जिल्ला शिक्षा कार्यालय मा भाञ्जा गणेश न्युरे हुनुहुन्छ कसो जागिर नपाइएला र ? भन्ने सोचियो र हाम्रो योजना बन्यो २०४६/०१/१५ गते राति भाग्ने तर राति भागेर जाने कहाँ ? हामी भाग्यौ राति ११बज्दैथियो ।पातुखोला मा सुनसान वातावरण थियो ।मेरो सहयोगी का रुपमा मेरो साथी भेषराज पौडेल हुनुहुन्थ्यो । ( उहाँको गतबर्ष २०७७ बैषाख ७ गते दुखद निधन भइसकेको छ ) हामी तिनजना रातभर हिडेर उहाँको घर साजबास पुग्यौं ।
त्यहाँ पुगेर भेष जि सुत्नुभयो तर हामीलाई निन्द्रा लागेन ।घरमा मेरो साथी हिरामणी दुखी (भेष कुमारको दाजु )उहाँको सबै परिवार हुनुहुन्थ्यो र बिहानै त्यहीँ खाना खायौं हिडनेबेलामा हिरामणी दुखी जि को श्रीमती देवी पौडेल लाई सुटुक्क बोलाएर केही रुपैयाँ भए दिेउ न छोरी भने उनी बोल्दै नबोलेर कोठा भित्र पसिनर टिकाटाला गरि जम्मा गरेका अाफ्ना र दुई छोरी सरस्वती र गङ्गाका समेत गरेर फुटकर एक हजार रुपैयाँ मेरो हातमा थमाईदिइन त्यो हजार रुपैया लाखौं बराबरको मुल्यबान भयो मलाई । उनले दिएको रुपैयाँ गोजीमा राखेर केही दिउसो का लागि खाजा बोकेर हिड्यौ हामी। नयाँ भबिस्यको खोजीमा साथमा हिरामणी दुखी जि हुनुहुन्थ्यो । घरबाट उत्तरतर्फ हिडदै हामी दाङ देखिने सल्यानको नेटो गाडापानी फलाबाङ लुहाम लान्ती मुल स्यानीखाल हुदै
बेलुकी हामी मोख्ला देखि अलिपर सुलिमारे भन्ने ठाउमा मित्रलाल अधिकारी को पसलको घरमा पाहुन भएर बस्यौं दाङबाट पैदल हिडेर त्यहाँ पुग्यौं ।
भोलिपल्ट बिहानै हामी सिमखोली एक जना पंडितका घरमा लौ हाम्रो बिहे गराइदिनुस भन्यौं र त्यहीँ मैले अौपचारिक रुपमा उनको टाउकाको सिउदोमा सिन्दुर लगाएर बैधानिक रुपमा बिहे गर्यौ त्यहीँ खानापिना खायौं हाम्रो एक मात्रै जन्ती हुनुहुन्थ्यो हिरामणी दुखी । हाम्रो बिहेमा नत हामी सित नयाँ कपडा थिय ,नत सुनचाँदी ,हामी सितमात्र मायाको पबित्र बन्धन मात्रै थियो ।
अर्को दिन बेलुकी हामी मुसिकोट पुग्यौं ।त्यहाँ पुगेर भाञ्जालाई भेट ।उहाँ लाई सबै कुरा भन्नुपर्थो भने त्यसपछि खाली दरबन्दी भेटियो राङसी गाउको स्कुलमा । मलाई बाध्यता थियो जँहाभएपनि जागिर खानै पर्थो हामी त्यसदिन बेलुकी रुकुमको सुन्दर प्रकृतिले भरिपुर्ण दोस्रो सहर रुकुमकोट बास बस्न पुग्यौं । हामी १९ गते बिहानै राङसी जाने भन्दै हिड्यौ हिडदाहिडदै सेरा र साकिम दुईवटा गाउमा पुग्यौं । त्यहाँका मानिसका भेषभुसा सामाजिक संस्कार खानपिन देखेर हामी दङ्ग पर्यौ ।बिहानको समय थियो कलकत्ता तिर जागिरे जीवन बिताउदै गर्नु भएको छुट्टिमा घरमा अाउनु भएको रत्नलाल बुढा सङ्ग भेटघाट भयो ।बिहान उहाँको अतिथि बनेर खानाखाने अबसर मिल्यो । जिबनमा कहिल्यै नदेखेको खाना थियो ढिडो ।
खानपनि जानिएन तातात्तो खानुपर्ने रहेछ पहिला हात पोल्छ ,त्यसपछि मुख र पेट । मैले त जसोतसो खानुपर्छ भनेर खाए दुखी जिले पनि खानुभयो तर मेरो उनिले खान जानिनन । अलिअलि चाटेर छोडिन । यसरी जिबनमा ढिडो को पहिलो स्वाद साकिम भन्ने गाउँमा लिइयो र त्यहाँ बाट बिदावारी भएर हिडियो उकालो उकालो सेपेधुरी ।कहिल्यै घर नछोकि कहिल्यै दुखमा नपरेकी मेरो उनी कसरी हिडिहोलिन उकालोमा म अलिअगाडी हिडछु पर्खेर उनलाई हेर्छु मुसुक्क मुस्कुराउछिन अगाडि बढछिन नयाँ दुनियाँका लागि हामी लगातार ५ घण्टा को हिडाईपछि कठिनाई का साथ साथी हिरामणी दुखीका ठट्यौली रमाइलो चुटकिला,रमाइला रमाइला कबिता सुन्दै हिडदा सजिलोसँग पुगियो सेपेधुरी ।
सेपेधुरी बास्तबमा रुकुमको अग्लो लेखमध्येको एउटा लेख रहेछ जहा बैषाखमा हामी पुग्दा लालिगुरास राता र सेता लालीगुरास फुलेका थिय ।डरलाग्दो भयानक जङ्गल त्योभन्दा टुप्पोमा बसेर चारैतिर नजर लगाउदा उत्तरमा जाङ र डोल्पाको सिमाना देखिन्छ भने सोही दिशामा सिस्ने हिमाल नजिकै देखिन्छ ,पुर्ब तर्फ धौलागिरी पर्बत श्रृङखला सुन्दर दृश्यले हामीलाई लोभ्यायो ।

You might also like
Loading...