जनउत्थान सामुदायिक लघुवित्तद्वारा ब्याजमा १० प्रतिशत छुट

0 1,135

रुपन्देही । जनउत्थान सामुदायिक  लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट प्रदान गर्ने घोषणा गरेको छ।

हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई मध्येनजर गरि संस्थाले आफ्ना ग्राहक(सदस्य )लाई यही असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्ने निर्णय गरेको हो।

यसका साथै यो अवधिसम्म आंशिक रुपमा साँवा र व्याज बुझाएमा ५ प्रतिशतका दरले व्याजमा छुट दिने र ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने निर्णय पनि संस्थाले गरेको छ ।

सो संस्थाले कोभिड- १९ पोजेटिभ देखिएका सदस्यलाई पोष्टिक आहारका साथै केही अौषधी उपचार खर्च पनि दिने निर्णय गरेको छ ।

You might also like
Loading...