अखिल(क्रान्तिकारी)द्वारा बिरोध प्रदर्शन: आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी

0 593

काठमाडौ । नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी)को आयोजनामा यही असार १८ गते १२ बजेदेखि २ बजेसम्म काठमान्डौको माइतीघर मण्डलामा विरोध प्रदर्शन सम्पन्न गरिएको छ ।

विरोध प्रदर्शनमा सयौको संख्यामा युवा विद्यार्थीहरुले नाराबाजीसहित अन्त्यमा कोणसभागरी कार्यक्रमलाई भव्याताकासाथ सफलतापूर्वक सम्पन्न गरेको जानकारी प्राप्त भएको छ । उक्त विरोध कार्यक्रम निम्न मागहरुमा आधारित थिएः

१. शिक्षा र स्वास्थ्यमा भएका नीजिकरण, व्यपारिकरण, दलालीकरण र माफियाकरणको अन्त्य गर,
२. आम जनतालाई अविलम्व कोभिड–१९ विरुद्धको खोप निशुल्क उपलब्ध गरा,
३. राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता गर्दै लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नक्शाभएको पाठयपुस्तकमा समावेश गर,

विरोधसभाको सञ्चालन अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने गर्नु भएको थियो भने उक्त विरोधसभालाई सम्वोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले यो संसदीय व्यवस्थामा हुने सबै खाले विसंगति र विकृतिका विरुद्ध अखिल (क्रान्तिकारी)ले लामो समयदेखि यो सरकार र यो व्यवस्थाका विरुद्ध आन्दोलन गर्दै आएको छ ।

यो सरकारले शिक्षा र स्वास्थ्यमा भए गरेका नीजिकरण, व्यपारिकरण, दलालीकरण र माफियाकरणका विरुद्ध आवाज उठाउँदा आन्दोलनकारीमाथि दमन गर्ने, गिरफतार गर्ने आदि गर्दै आएको छ । आम जनतालाई अविलम्व कोभिड–१९ विरुद्धको खोप निशुल्क उपलब्ध गराउने सरकारको दायित्वबाट पन्छेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा यो सरकार भारतीय विस्तारवादका अगाडि आत्मसमर्पण गरिरहेको छ । परिणाम लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नक्शाभएको पाठयपुस्तकमा समावेश गरेर प्रकाशन गर्न सकिरहेको छैन ।

यो सरकारको रवैया यस्तै रहिरहे अखिल क्रान्तिकारीले आम विद्यार्थिहरुलाई आन्दोलनमा उतारेर एउटा आँधीवेहरी सृजना गर्ने अठोट व्यक्त गर्नु भयो । सम्वोधनको क्रममा उहाँले भारतीय विस्तारवाद विरोधी संघर्षमा होमिएर गुमेको जमिन फिर्ता गर्नका लागि सशक्त संघर्षको विकल्प नभएकोमा जोड दिनु भयो ।

You might also like
Loading...