पार्टी

0 605

क. इन्चार्ज /सेक्रेटरी
……………जिल्ला समिति
विषय : परिपत्र
प्रिय कमरेड ,                                                                                यही मिति २०७८ असार २२ र २५ गते गरि दुई दिन सम्म हाम्रो गौरवशाली पार्टी नेकपा( क्रान्तिकारी माअोवादी) लुम्बिनी प्रदेश समिति सचिवालयको भर्चुअल बैठक प्रदेश समितिका सचिव क.सङ्कुलको अध्यक्षतामा र प्रदेश इन्चार्ज क.प्रमोदको प्रमुख अतिथ्यतामा तथा प्रदेशका बहुसंख्यक सचिवालयका सदस्य कमरेडहरुको सहभागीतामा शुभारम्भ भयो ।

साथै , सचिवालयका कमरेडहरुको सुझाव अनुरुप योजनाहरु ठोस गरिएको छ। किन्तु जसको व्यवहारिक रुपमा कार्यान्वयन गर्न र गराउनको लागि यश परिपत्र मार्फत हार्दिक निर्देशन गरिन्छ ।

१. बैठकको प्रारम्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न जनआन्दोलन,जनसंघर्ष ,क्रान्ति र महान जनयुद्धमा सहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात- अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरि भावपूर्ण श्रद्धाञ्जली गरियो ।

२. एेतिहासिक भर्चुअल बैठकमा सहभागी कमरेडहरुले देशको विद्यमान संकटले उत्पन्न गरेका बिकराल समस्याहरुको वैज्ञानिक समाधानको लागि हामी र हाम्रो पार्टीले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने हो । परन्तु हामी त्यो भुमिकाबाट अलि टाढा रहेको भन्ने आलोचनात्मक कुरा व्यक्त गर्नु भयो । साथै ,आगामी दिनहरूमा पार्टी केन्द्र ,प्रदेश , जिल्ला र स्थानीय स्तर सम्म गति पैदा गरि क्रान्तिको कार्यभारलाई पूरा गर्न नयाँ ढङ्गले अगाडि बढ्नु पर्ने कुरामा जोड दिईएको छ। यो असाध्यै सटिक र गहन छलफलले उर्जा प्रदान गरेको महशुस भएको छ।
३. संगठनबारे
क. भौतिक रुपमा उपस्थित भई सैद्धान्तिक र व्यवहारिक पक्षमा वहस गर्नुपर्ने आवश्यकताको महशुस भएको कारण यही असार ३० गते प्रदेश सचिवालयको विस्तारित बैठक बस्ने ठेगान गरिएको छ।
ख. समयानुकूल सबै कमिटीका र जवस मोर्चाका बैठकहरु तथा प्रशिक्षण सम्पन्न गर्ने ।

ग. समयसापेक्ष विषयवस्तु ठोस गर्दै छलफल ,वहस र अन्तरक्रिया गर्ने ।

४. संघर्षबारे
क. जिल्लाहरुको सापेक्षतामा स्थानीय संघर्षका कामहरूमा विशेष जोडदिने।
ख. राष्टघात,जनघात, भ्रष्टाचार र निरङकुश फासिवाद तर्फको उद्दत कदमका विरुद्धमा संघर्ष गर्ने ।
ग. कोभिड-१९ र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित पीडित नागरिकको राहत , सुरक्षा र व्यवस्थापन जस्ता बिषयहरु लिएर स्वयंसेवकीय कामहरु गर्ने ।
घ. संघर्ष सम्बन्धमा विगतमा गरिएका एेतिहासिक निर्णयहरुको कार्यान्वयन गर्ने ।

५ आर्थिक बारे
क. मासिक लेवि र कोटालाई अनुशासनको रुपमा लागु गरी नियमित गर्ने ।
ख. प्रदेश पार्टी कार्यालयको भाडा भुक्तानी गर्नुपर्ने भएकोले जिल्लाहरुलाई निम्नानुसारको कोटा तय गरिएको छ । जसमा गुल्मी,रुपन्देही ,दाङ,बाँके, बर्दिया र प्युठानलाई रु १५/१५ हजार , पाल्पा र रोल्पालाई रु २/२ हजार र अर्घाखाँचीलाई रु ३००० ठोस गरिएको छ।

ग.उत्पादन कार्यको लागि सबै जिल्ला पार्टीहरुले विकल्प र आधार खोजेर कामकारबाहीलाई अगाडि बढाउने ।

बैठकको अन्तमा सचिव कमरेड सङ्कुलद्वारा केही प्राबिधिक समस्याको बाबजुद बैठक सफलता पूर्वक सम्पन्न भएकोले सम्बन्धित सबै कमरेडहरुलाई आभार सहित धन्यवाद व्यक्त गर्दै ठोस गरिएका योजनाहरु कार्यान्वयन गर्न र गराउन हार्दिक निर्देशनका साथ बैठक समापन गरियो । धन्यवाद !
……….
क. सङ्कुल
सचिव

You might also like
Loading...